Kathmandu Press

अमेरिकाविरुद्ध नेपाललाई जितका लागि २३१ रनको लक्ष्य

अमेरिकाविरुद्ध नेपाललाई जितका लागि २३१ रनको लक्ष्य

काठमाडौं, भदौ २८ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिज त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई २३१ रनको लक्ष्य दिएको छ। पुरै ५० ओभर ब्याटिङ गरेको अमेरिकाले ९ विकेट गुमाउँदै २३० रन जोडेको थियो।

नेपालविरुद्ध विशाल लक्ष्य खडा गर्ने क्रममा अमेरिककाका मोनक अग्रवालले शतक प्रहार गरेका थिए। अग्रवालले ११४ बलमा १०० रन जोड्दै शतक पूरा गरेका हुन्। उनी एकदिवसीयमा अमेरिकाका लागि शतक बनाउने दोस्रो खेलाडी हुन्।

Hardik ivf

सबै फर्म्याटमा भने यो उनको व्यक्तिगत रुपमै तेस्रो शतक हो। उनले आफ्नो पछिल्लो शतक पनि यही मैदानमा बनाएका थिए। युगान्डाविरुद्ध डिभिजन ३ अन्तर्गत भएको खेलमो उनले सो शतक बनाएका थिए।

अग्रवाल बाहेक अन्य ब्याट्सम्यानले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। अमेरिकाका लागि निसर्ग पटेलले ३९ बलमा २१ रन जोडेर पभेलियन फर्किएका थिए भने ओपनरद्वय सुशान्त मोदनी र स्टिभन टेलरले क्रमशः २८ बलमा १६ रन र १७ बलमा १४ रन जोडेर आउट भएका थिए।

नेपालका लागि सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले समान दुई विकेट लिएका थिए भने कुशल मल्लले एक विकेट आफ्नो नाममा लेखाउँदा सोमपाल कामी र करण केसी विकेटविहीन भएका थिए।

प्रकाशित मिति: २०:०० बजे, सोमबार, भदौ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्