एमाले सांसदहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनटलाई स्थगित
एमाले सांसदहरूको अवरोध कायम रहेपछि प्रतिनिधिसभा बैठक १५ मिनटका लागि स्थगित भएको छ ।काठमाडौं, भदौ २५ : एमाले सांसदहरूको अवरोध कायम रहेपछि प्रतिनिधिसभा बैठक १५ मिनटका लागि स्थगित भएको छ ।
बैठकको सुरुमै रोस्ट्रम घेरेर उनीहरूले सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।
पटक–पटकको आग्रहपछि पनि एमाले सांसदहरू सिटमा नफर्किएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनटका लागि स्थगित गरेका हुन् ।
प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
