Kathmandu Press

एमसीसीले सरकारलाई पठायो जवाफ- नेपालको संविधान एमसीसीभन्दा माथि (अंग्रेजी र नेपालीमा पूर्णपाठ)

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाले सरकारलाई लिखित जवाफ पठाएको छ । 
एमसीसीले सरकारलाई पठायो जवाफ- नेपालको संविधान एमसीसीभन्दा माथि (अंग्रेजी र नेपालीमा पूर्णपाठ)

काठमाडौं, भदौ २३ : अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाले सरकारलाई लिखित जवाफ पठाएको छ । 

सरकारले एमसीसीबारे थप स्पष्ट पार्न ११ वटा प्रश्न पठाएको थियो । त्यसबारे एमसीसीले लिखित जवाफ पठाएको हो । 

नेपाल सरकारले एमसीसी अमेरिकाको ‘इन्डो–प्यासेफिक रणनीति’को अंग भए–नभएको र यो अमेरिकी सुरक्षा नीतिसँग जोडिएको–नजोडिएकोबारे प्रष्ट पार्न आग्रह गरेको थियो । यस्तै, यो सम्झौता नेपालको कानूनमातहत रहने या नरहने तथा संसदबाटै पारित गर्नुपर्ने के अनिवार्यता छ भन्ने प्रश्न पनि सोधेको थियो ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सरकारलाई लिखित जवाफ पठाइएको हो । उनी बिहीबार नेपाल भ्रमणमा आउँदै छिन् ।

देशको सार्वभौमिकताविरुद्धको सम्झौता भएको बताउँदै नेपालमा एमसीसीको विरोध भइरहेको छ ।

अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर एमसीसीले काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो ।

सरकारलाई पठाएको जवाफमा एमसीसीले नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, विनाअवरोध निर्धारित समयमा कार्यान्वयन होस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको, एमसीसी सम्झौताभन्दा नेपालको संविधान माथि रहेको र परियोजनाका लागि प्रयोग हुने जग्गामा नेपाल सरकारको स्वामित्व कायम हुने उल्लेख छ ।

उक्त परियोजना इन्डो–प्यासिफिक रणनीतिको हिस्सा नभएको पनि एमसीसीले स्पष्ट पारेको छ । यस्तै, नेपाल–अमेरिका सम्बन्ध इन्डो–प्यासिफिक रणनीतिभन्दा धेरै पूरानो भएको जवाफमा प्रष्ट्याइएको छ ।

यस्तो छ एमसीसीले पठाएको जवाफ (अंग्रेजी र नेपाली दुवै भाषामा)

प्रकाशित मिति: २१:५५ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्