जापानबाट शनिबार र आइतबार ८ लाख डोज कोभिड खोप काठमाडौं ल्याइँदै
जापानले आगामी शनिबार र आइतबार नेपालका लागि आठ लाख डोज कोभिड खोप नेपाल पठाउने भएको छ।
काठमाडौं, साउन २० : जापानले आगामी शनिबार र आइतबार नेपालका लागि आठ लाख डोज कोभिड खोप नेपाल पठाउने भएको छ।
काठमाडौंस्थित जापानी दूतावासले बुधबार विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो । जापानमै बनेको एस्ट्रेजेनेका खोप नेपाल ल्याइन लागेको हो । जापानबाट नेपाल वायु सेवा निगमको विमानमार्फत खोप ल्याइने छ ।
जापानले नेपाललाई १६ लाख डोज खोप अनुदानका रूपमा दिँदैछ । त्यसमध्ये आधा हिस्सा आइतबारसम्म नेपाल आइसक्ने दूतावासले जनाएको छ ।
नेपालका लागि जापानी राजदूत किकुटा युताकाले उक्त खोपबाट नेपाललाई कोभिड–१९ विरुद्ध खोप अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित मिति: १८:४६ बजे, बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
