Kathmandu Press

एक लाख सात हजार भूकम्प पीडितको आवास पुनर्निर्माण

आर्थिक वर्ष ०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन्।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार गत...
एक लाख सात हजार भूकम्प पीडितको आवास पुनर्निर्माण

आर्थिक वर्ष ०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा पहिचान भएका ३१ हजार ३५९ जना लाभग्राही मध्ये ४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन्।  त्यस्तै, ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन्।

Hardik ivf

साथै, उक्त समयमा थप ५८९ विद्यालय, ५३ स्वास्थ्य संस्था, १३३ साँस्कृतिक सम्पदा र ९ सरकारी भवनकाेसमेत पुनर्निर्माण सम्पन्न भइसकेको छ। 

त्यस्तै, निर्माणाधिन सुरक्षा निकायका ९ वटा भवनहरुको पुनर्निर्माण सम्पन्न भएको छ। योसँगै प्राधिकरणबाट पुनर्निर्माण हुने निश्चित भएका सुरक्षा निकायका  २१६ वटै भवनहरुको पुनर्निर्माण सकिएको छ।

गत आर्थिक वर्षमा पुनर्निर्माणमा ९०.४१ प्रतिशत वित्तीय प्रगति भएको छ। निजी आवासतर्फ विनियोजित कूल बजेट २३ अर्ब ८४ करोड ८८ लाख रूपैयाँ मध्ये २१ अर्ब ५६ करोड ८ लाख रुपैयाँ खर्च भएको छ। 

साथै, सार्वजनिक तथा ऐतिहासिक संरचनाहरुको पुनर्निर्माणमा पनि प्रगति भएको प्राधिकरणाले जनाएकाे छ। 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार प्राधिकरणको बाँकी अवधिमा निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीलाई सहजीकरण गर्दै निजी आवासका मूलभूत कार्य सम्पन्न गर्ने र घर नबनाउनेहरुले के कारणले घर बनाएनन् भन्ने अभिलेख राख्नेछ। उनले यस अवधिमा लेखा परीक्षण, अभिलेखीकरण तथा हस्तान्तरणका कार्यहरु समनान्तर रुपमा अगाडि बढ्ने पनि उल्लेख गरे।

प्राधिकरणको कार्यावधि २०७८ पुस १० गतेसम्म छ।

प्रकाशित मिति: १२:४३ बजे, बुधबार, साउन २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्