Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

विपक्षी गठबन्धनअन्तर्गतका चार दल कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले ३४ सांसदको हस्ताक्षरसहित मंगलबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल, साउन १९ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।

विपक्षी गठबन्धनअन्तर्गतका चार दल कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले ३४ सांसदको हस्ताक्षरसहित मंगलबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

Hardik ivf

अविश्वास प्रस्तावमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको यो तेस्रोपटक हो।

चार दलीय गठबन्धनले यसअघि गत वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो।

प्रकाशित मिति: १५:५८ बजे, मंगलबार, साउन १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्