Kathmandu Press

पारश खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए संन्यास

नेपाली राष्ट्रिय टोलीका पूर्वक्याप्टन पारश खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।
पारश खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए संन्यास

काठमाडाैं, साउन १९ : नेपाली राष्ट्रिय टोलीका पूर्वक्याप्टन पारश खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले संन्यास लिएको घोषणा गरेका छुन्। उनले सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्, 'अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु।'

Hardik ivf

उनी सन् २००२ बाट नेपालका लागि क्रिकेट खेल्न थालेका हुन्। यति धेरै समय नेपालका लागि खेल्न पाएको खुशी जनाउँदै खड्काले भनेका छन्, 'नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो।'

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि नेपाली क्रिकेटको प्रगतिका लागि काम गरिरहने बताएका छन्। 'अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन्,' उनले भनेका छन्।

प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, साउन १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्