Kathmandu Press

महिला फुटबलको स्वर्णका लागि स्वीडेन र क्यानडा भिड्ने

काठमाडौं, साउन १८ : जापानको टोक्योमा जारी ओलम्पिक अन्तर्गतको महिला फुटबलको स्वर्णका लागि स्वीडने र क्यानडा भिड्ने भएका छन्।सोमबार भएको सेमिफाइनलमा स्वीडेन र...
महिला फुटबलको स्वर्णका लागि स्वीडेन र क्यानडा भिड्ने
Hardik ivfHardik ivf

काठमाडौं, साउन १८ : जापानको टोक्योमा जारी ओलम्पिक अन्तर्गतको महिला फुटबलको स्वर्णका लागि स्वीडने र क्यानडा भिड्ने भएका छन्।

सोमबार भएको सेमिफाइनलमा स्वीडेन र क्यानडाले जित निकाल्दै स्वर्णका लागि भिडन्त पक्का गरेका हुन्। प्रतिस्पर्धात्मक खेलमा स्वीडेनले अस्ट्रेलियाको चुनौति १–० ले पन्छायो भने क्यानडाले विश्वच्याम्पियन अस्ट्रेलियालाई पनि १–०ले नै हरायो। स्वीडेन र क्यानडाबीचको स्वर्णको भिडन्त ६ अगस्तमा हुने छ । यस्तै, अस्ट्रेलिया र अमेरिकाबीचको कास्यको भिडन्त ५ अगस्तमा हुनेछ।

अस्ट्रेलियाविरुद्ध स्वीडेनलाई जित दिलाउन फ्रिडोलिना रोल्फोले निर्णायक गोल गरिन् । उनले दोस्रोको पहिलो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। त्यही गोल स्वीडेनलाई फाइलन पुर्‍याउन पर्याप्त भयो।

यसैगरी अमेरिकाविरुद्ध क्यानडालाई जित दिलाउन जेसी फ्लेमिङले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै फ्लेमिङले टिमलाई उपाधि नजिक पुर्‍याइन्।

प्रकाशित मिति: २०:४२ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्