Kathmandu Press

एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

काठमाडौं, साउन १८ : अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राईले राजीनामा दिएका छन्। प्रवक्ता राईले सोमबार राजीनामा पत्र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई बुझाएका छन्।

प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दैछन्। राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन्।

Hardik ivf

प्रवक्ता राईले आइतबार नै पत्रकार सम्मेलन गर्दै राजीनामा दिने तयारी गरेको र केही समयपछि नै उनी राजीनामबाट ब्याक भएको हल्ला चलेको थियो। तर, प्रवक्ता राईले यो विषय हल्ला मात्र भन्दै आफूले राजीनामा नदिने बताएका थिए । ‘जति समाचार आएका छन्, यी हल्ला मात्र हुन्। एन्फामा यस्ता हल्ला चलिरहन्छन्,’ प्रवक्ता राई आइतबार काठमाडौं प्रेससँग भनेका थिए।


प्रवक्ताबाट राजीनामा दिएपनि राई एन्फाको केन्द्रीय सदस्य भने रहनेछन्।

प्रकाशित मिति: १४:१२ बजे, सोमबार, साउन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्