Kathmandu Press

एनआरएनए फ्रान्सको अध्यक्षमा खनाल निर्वाचित

पेरिस, साउन १८ : पहिलो पटक महिला नेतृत्व स्थापित गर्दै एनआरएनए फ्रान्सले तनहुँ म्याग्दे १ गुनादीकी गीता खनाल थापालाई अध्यक्षमा निर्वाचित गर्दै इतिहास...
एनआरएनए फ्रान्सको अध्यक्षमा खनाल निर्वाचित

पेरिस, साउन १८ : पहिलो पटक महिला नेतृत्व स्थापित गर्दै एनआरएनए फ्रान्सले तनहुँको म्याग्दे-१ गुनादीकी गीता खनाल थापालाई अध्यक्षमा निर्वाचित गरी इतिहास रचेको छ।

खनालले कुल खसेको चार सय ५८ मध्ये दुई सय ४८ मत पाएर जीत हासिल गरिन्। उनका प्रतिष्पर्धी मीनबहादुर श्रेष्ठले दुई सय १० मत पाए। अनलाइन पद्धतिबाट भएको निर्वाचनमा खनालले ३८ मतले प्रतिष्पर्धी श्रेष्ठलाई पराजित गरिन्।

Hardik ivf

यस अघि वरिष्ठ उपाध्यक्ष खनालले कागजात नभएका नेपालीलाई समेत पक्षपात नगरी सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने नारा लिएर चुनावी दौड थालेकी थिइन्। उनको प्यानलका एक सदस्यबाहेक सबै विजयी भएका छन्।

निर्वाचनमा आइसीसी सदस्य अमरबहादुर भन्डारी र एकबहादुर मल्लबीच दुई सय २५ को बराबरी भएको छ। अधिवेशनले उपाध्यक्षमा दुई सय ४८ मत सहित शिवराम भण्डारी तथा दुई सय २६ मतका साथ लोकबहादुर पुन, महासचिवमा दुई सय ५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भए।

यसैगरी सचिवमा दुई सय ५२ मतका साथ कमलविक्रम केसी र कोषाध्यक्षमा दुई सय ३० मतका साथ टीकादत्त अधिकारी निर्वाचित भएका छन्।

प्रकाशित मिति: ०७:१७ बजे, सोमबार, साउन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्