Kathmandu Press

बंगलादेशमा संक्रमण दर बढेपछि लकडाउनमा थप कडाइ

टाका, साउन १६ : बंगलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका संक्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको...
बंगलादेशमा संक्रमण दर बढेपछि लकडाउनमा थप कडाइ
Hardik ivfHardik ivf

टाका, साउन १६ : बंगलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका संक्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ।

बंगलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी संक्रमित भेटिएका थिए । संmमण शुरु भएदेखि विश्वका अन्य देशका तुलनामा यहाँ खासै ुंकट नपरेकोमा पछिल्लो समयमा यहाँ संक्रमण हुने व्यक्ति बढ्दै गएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सङ्क्रमणबाट बंगलादेशमा २० हजारभन्दा बढीको ज्यान गएको पाइएको छ। बंगलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

बंगलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापीरुपमा लकडाउनको व्यवस्था गरेको छ। तर पछिल्ला केही दिनमा कोरोना भाइरस नघटेपछि यहाँ जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ।

यहाँ विद्यालय पहिलेदेखि नै बन्द छन् भने होटल केही समयदेखि थोरै संख्यामा सञ्चालन गर्न दिइएको थियो।

आइतबारदेखि होटल पनि बन्द गरिने सरकारले जनाएको छ। पछिल्लो महिना यहाँ देशव्यापीरुपमा लकडाउन गरिएकोमा केही खकुलो थियो।

आइतबारबाट मानिसलाई थप सतर्कता अपनाउन भनिएको छ भने सार्वजनिक स्थानमा हुने जमघट र होटल रेष्टुरेन्टमा हुने जमघटलाई पूर्णरुपमा निशेध गरिने बताइएको छ।
 

प्रकाशित मिति: १४:४९ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्