Kathmandu Press

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकका ६ एजेन्डा, संसदीय दलको विधान पारित गरिँदै

संघीय संसदमा चौथो ठूलो दल जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक ललितपुर बालकुमारीस्थित पार्टी कार्यालयमा जारी छ ।
जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकका ६ एजेन्डा, संसदीय दलको विधान पारित गरिँदै
फाइल तस्बिर
Hardik ivfHardik ivf

काठमाडौं, साउन ९ : संघीय संसदमा चौथो ठूलो दल जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक ललितपुर बालकुमारीस्थित पार्टी कार्यालयमा जारी छ ।

बैठकमा मुख्य पाँचवटा एजेन्डामा छलफल हुने कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

त्यसमध्ये पहिलो समसामयिक राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल हुनेछ । दोस्रो– संसदीय दलको विधान अनुमोदन हुनेछ । यस्तै, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन गरिने भएको छ । चौथो– पार्टीको प्रशिक्षण अभिमुखीकरणसम्बन्धी निर्णय लिइने छ ।

यस्तै, अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिनेसम्बन्धी निर्णय केन्द्रीय कार्यकारिणीले लिने छ । र, छैटौँ विविध विषयमा सदस्यहरूले आफ्नो मत राख्नेछन् ।

प्रकाशित मिति: १४:३२ बजे, शनिबार, साउन ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्