राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ।
काठमाडौं, साउन ८ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन् । यो नियमित भेट रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएयता देउवाले पहिलोपटक राष्ट्रपतिसँग भेटेका हुन् ।
प्रकाशित मिति: २१:१० बजे, शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार