Kathmandu Press

देउवासँग गिरिजाप्रसाद बन्ने अवसरः गजुरेल

माओवादी नेता हरिबोल गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवासामु इतिहास रच्ने अवसर आएको बताएका छन्।
देउवासँग गिरिजाप्रसाद बन्ने अवसरः गजुरेल

काठमाडौं, साउन ८ : माओवादी नेता हरिबोल गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवासामु इतिहास रच्ने अवसर आएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिने कार्यसूचीअन्तर्गत दलको तर्फबाट बोल्दै गजुरेलले विगतका कमी कमजोरीको मूल्यांकन गर्दै अहिले प्राप्त अवसरबाट नयाँ इतिहास रच्न उनले आग्रह गरे ।

‘स्वर्गीय गिरिजाप्रसाद कोइरालामाथि अनेक प्रश्न उठेका थिए । तर, उहाँले लोकतान्त्रिक आन्दोलनको नेतृत्व, शान्ति प्रक्रियाको सुरुवात र आफूले हार्ने भन्ने जानकारी हुँदाहुँदै संविधानसभाको निर्वाचन गराएर देशलाई नयाँ दिशा दिनुभयो । वर्तमान प्रधानमन्त्री देउवाले पनि आफ्नो पार्टीले हार्ने जानकारी हुँदाहुँदै तीनवटा तहका निर्वाचन सम्पन्न गराउनुभयो । फेरि एकपटक अवसर आएको छ,’ उनले भने, ‘यो कार्यकालमा उहाँसँग जनताले भ्रष्टाचारमुक्त समाज र सुशासनको अपेक्षा गरेका छन् । यसअघिको सरकारले गरेका कुशासनको अभ्यासबाट देशलाई ट्र्याकमा फर्काउन सफलता मिलोस् ।’

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्