Kathmandu Press

लामो दूरीका यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं, साउन ७ : सरकारले अबदेखि लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले मुलुकभर लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुल्ला...
लामो दूरीका यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं, साउन ७ : सरकारले अबदेखि लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले मुलुकभर लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुल्ला गरेको हो।

गृह मन्त्रालयले साउन ५ गते सबै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई पठाएको परिपत्रमा उक्त ब्यहोरा उल्लेख छ।

Hardik ivf

साउन ४ गते निर्णय कार्यान्वयन गर्न क्याबिनेटबाट प्राप्त पत्रको आधारमा गृहले लोकसेवा आयोग, विश्वविद्यालयलगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएको अवस्थामा सबै यातायात खुल्ला राख्न आदेश दिएको हो।

गृहको परिपत्रमा देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमन समेतलाई दृष्टिगत गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने आवश्यक भएकाले सोही अनुसारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगले लिने परीक्षा संचालन मिति सार्वजनिक भएकाले देशका विभिन्न क्षेत्रबाट आउने परीक्षार्थीलाई ध्यानमा राखेर सुरक्षा मापदण्ड पुरा गरेर लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी साधान संचालनमा सहजीकरण गर्न गृह मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, साउन ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्