रियलमा रामोसको जर्सी डेविड अल्बाले लगाउने

काठमाडौं, साउन ७ : स्पेनिस क्लब रियल मड्रिडको लिजेन्डरी ४ नम्बरको जर्सी अस्ट्रियन डिफेन्डर डेविड अल्बाले लगाउने भएका छन्। यसै सिजन जर्मन क्लब बायर्न म्युनिखबाट रियल आएका अल्बाले १६ वर्ष पूर्वकप्तान सर्जियो रामोसले लगाएको लिजेन्डरी ४ नम्बरको जर्सी लगाउने पक्का भएको छ।

सर्जियो रामोस रियल छाड्दै पिएसजी लागेपछि खाली रहेको रियल लिजेन्डरी ४ नम्बरको जर्सी रियलले डेविड अल्बालाई दिएको छ । २९ वर्षीय अल्ब फ्रि टान्सफरमा बायर्नबाट रियल आएका हुन्। 

रियलले बुधबार अल्बालाई ४ नम्बरको लिजेन्डरी जर्सीसँगै सर्वाजनिक गरेको छ। ४ नम्बरको जर्सीसँगै सर्वाजनिक भएपछि अल्बाले रियल मड्रिडको सेतो जर्सी लगाउन पाउँदा आफू निकै खुसी भएको बताएका छन् । उनले रियललाई सफलता दिलाउन कडा मेहनत गर्ने पनि बताए।

‘आज म एकदमै खुसी छु, रियलको सेतो जर्सी लगाउनु सबैको समपना हुन्छ, मेरो पनि थियो । त्यो आज पुरा भएको छ’ उनले भने, ‘त्यसमाथि पनि लिजेन्डरी जर्सी पाएको छु, यसले उत्साहतसँगै जिम्मेवारी पनि थपेको महसुस गरेको छु।’ 

 Published Date: Wednesday, 21st July 2021 7:10:00 pm