Kathmandu Press

देशव्यापी लकडाउन जारी रहेपनि बंगलादेशमा कोरोना संक्रमण बढ्दो

ढाका, साउन ३ : बंगलादेशमा देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ। बंगलादेशमा पछिल्लो केही दिनमा कोरोनाका संक्रमितहरू बढ्दै...
देशव्यापी लकडाउन जारी रहेपनि बंगलादेशमा कोरोना संक्रमण बढ्दो

ढाका, साउन ३ : बंगलादेशमा देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ। बंगलादेशमा पछिल्लो केही दिनमा कोरोनाका संक्रमितहरू बढ्दै गएपछि दुई हप्ताअघिदेखि नै लकडाउनको घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको थियो।

यहाँ गएको २४ घन्टामा कोरोनाका आठ हजारभन्दा बढी संक्रमितहरु देखिएका छन्। त्यस्तै शनिबारमात्र  यहाँ २०४ जनाको ज्यान गएको छ। बंगलादेशको सरकारले करिब महिना दिनदेखि कतै कडा र कतै केही खुकुलो खालको लकडाउन घोषणा गरेको समाचारमा जनाइएको छ।

Hardik ivf

बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो। यहाँका अधिकारीहरुका अनुसार यहाँ हालसम्म १० लाख भन्दा बढी संक्रमित पाइएका छन् भने १७ हजार जना भन्दा बढीको ज्यान गएको छ।  

यहाँ लकडाउनका कारण प्रायः सरकारी कार्यालय तथा अदालतहरू बन्द रहेका छन् । तर औधोगिक क्षेत्रहरू भने आलोपालो गरी चलिरहेका छन्। लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरू तथा अदालतहरू बन्द छन् । तर उद्योग तथा मिलहरू आलो पालो सञ्चालन हुने अधिकारीहरूले जनाएका छन्।
 
त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ।
 

प्रकाशित मिति: १२:५९ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्