अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता
उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर नयाँ दल निर्माणका लागि आइतबार साँझ राईसहित साच सांसद निर्वाचन आयोगकाे कार्यालय पुगेका थिए।
काठमाडौं, वैशाख २४ : निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) दर्ता गरेको छ।
उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर नयाँ दल निर्माणका लागि आइतबार साँझ राईसहित साच सांसद निर्वाचन आयोगकाे कार्यालय पुगेका थिए।
आयोगले सोमबार उक्त दल दर्ता गरेको हो। राजनीतिक दलसम्बन्धी नियमावली २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको बताइएकाे छ।
उपेन्द्रको साथ छाडेका सांसदमा राईसहित नवलकिशोर साह, प्रदीप यादव, रञ्जुकुमारी झा, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र हसिना खान छन्।
जसपा नेपालबाट प्रतिनिधिसभामा १२ सांसद थिए। अध्यक्ष यादव विदेश भ्रमणमा रहेकै बेला जसपा विभाजित भएको हो। उनी आज राति नेपाल आइपुग्ने बताइएको छ।
प्रकाशित मिति: १६:५५ बजे, सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार