Kathmandu Press

सप्तकोशी कन्स्ट्रक्सन कम्पनीको स्काई भेटर तथा ग्रेडर मेसिन तोडफोड

सप्तकोशी कन्स्ट्रक्सन कम्पनीको स्काई भेटर तथा ग्रेडर मेसिन तोडफोड
Hardik ivfHardik ivf

काठमाडौं, असार २३ : भुमे गाउँपालिका २ रिघा लेक भन्ने स्थानमा पार्किङ गरी राखेको सप्तकोशी कन्ट्रक्सन कम्पनीको बा. २ क ७५८६ नम्बरको स्काई भेटर र बा.२ क ९८४९ नम्बरको ग्रेडर मेसिन मंगलबार राति तोडफोड भएको छ ।

अपरिचित व्यक्तिहरुले तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कांक्रीबाट खटिएको प्रहरीले स्काई भेटरको शिशा र ग्रेडर मेसिनको चारै तर्फको सिसा समेत गरी करिब ४ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको अवस्थामा फेला पारेको हो ।

तोडफोडमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्