बैंकिङ कसुरका दोषी ६ वर्षपछि पक्राउ
काठमाडौं, असार ४ : अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने ललितपुर गोदावरी नगरपालिका १२ ठेचोका ४० वर्षीय हिरा...
काठमाडौं, असार ४ : अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने ललितपुर गोदावरी नगरपालिका १२ ठेचोका ४० वर्षीय हिरा महर्जन रहेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएका प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
बैंकिङ कसुरका दोषी उनलाई जिल्ला अदालत ललितपुरले एक करोड पन्ध्र लाख ३८ हजार रुपैयाँ र तीन वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
अदालतको फैसलालगत्तै उनी फरार थिए । उनलाई अदालतले १५ पुस ०७२ मा दोषी करार गरेको थियो ।
प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार