Kathmandu Press

नेपाल एसियन कप छनोटको तेस्रो चरणमा

काठमाडौं, असार २ : नेपालले एसियन कप फुटबल छनोटको तेस्रो चरणमा प्रवेश गर्ने अवसर पाएको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले छनोट...
नेपाल एसियन कप छनोटको तेस्रो चरणमा
Hardik ivfHardik ivf

काठमाडौं, असार २ : नेपालले एसियन कप फुटबल छनोटको तेस्रो चरणमा प्रवेश गर्ने अवसर पाएको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले छनोट प्रक्रिया संशोधन गरेसँगै नेपाल प्ले अफ नखेलिकन सिधै तेस्रो चरणमा प्रवेश पाएको हो ।

एसियन कपको आयोजक चीन र विश्व कपको आयोजक कतारले विश्व कप छनोट तथा एसियन कपमा स्थान बनाएपछि हरेक समूहको चौथो स्थानमा रहने टोली सिधै तेस्रो चरणमा प्रवेश गरेका हुन् । पुछारका टोलीले भने तेस्रो चरण पुग्नका लागि प्लेअफ नै खेल्नुपर्ने भएको छ ।

नेपालसँगै थाइल्याण्ड, सिङ्गापुर, मङ्गोलिया, माल्दिभ्स, हङकङ, श्रीलङ्का, यमन, बङ्गलादेश, म्यानमार र अफगानिस्तानसँग तेस्रो चरणमा पुगेका छन् । सबै समूहमा कुनै अंक बिना पुछारमा समूह चरण सक्काएका इन्डोनेसिया, चाइनिज ताइपेइ, गुआम, कम्बोडियाले भने अब प्लेअफ खेल्नेछन्।

यी टोलीबीच प्लेअफ सेप्टेम्बर ७ देखि अक्टोबर १२ सम्म हुनेछ। प्लेअफका दुई बिजेताले त्यसपछि तेस्रो चरणमा खेल्ने छन्। 

प्रकाशित मिति: १९:१७ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्