Kathmandu Press

धारा-इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (फोटोफिचर)

काठमाडौं, असार २ : आज (बुधबार) नेवार समुदायले सिथि नखः पर्व मनाएका छन्। प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन यो पर्व मनाइन्छ। यस...
धारा-इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (फोटोफिचर)

काठमाडौं, असार २ : आज (बुधबार) नेवार समुदायले सिथि नखः पर्व मनाएका छन्। प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन यो पर्व मनाइन्छ। यस पर्वमा विषेशगरी कुमार देवताको पूजा हुन्छ। आजको दिनलाई कुमार षष्ठी पनि भनिन्छ।

यस पर्वमा कुमार देवतालगायत नगरभित्रका सबै देवीदेवताको समेत पूजा गर्ने परम्परा छ। यस दिन देवीदेवतालाई मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारको पकवान वः (बारा) चतामरी, मालपुवा, आरुबखडा, काँक्रोलगायत चढाउने  र आफूले पनि खाने चलन छ । 

सिथि नखःका दिन नेवार समुदायले पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायतको सरसफाइ गर्दछन्। बर्सातको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी यसो गर्ने चलन रहेको यस पर्वका जानकारहरू बताउँछन्। 

Hardik ivf

प्रकाशित मिति: १८:१२ बजे, बुधबार, असार २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्