Kathmandu Press

कोपा अमेरिका : चिलीसँग रोकियो अर्जेन्टिना, पाराग्वे विजयी

काठमाडौं, असार १ : कोपा अमेरिकामा अर्जेन्टिना बराबरीम रोकिएको छ। सोमबार राति ब्राजिलस्थित ओलम्पिक रंगशालामा भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना चिलीसँग...
कोपा अमेरिका : चिलीसँग रोकियो अर्जेन्टिना, पाराग्वे विजयी

काठमाडौं, असार १ : कोपा अमेरिकामा अर्जेन्टिना बराबरीम रोकिएको छ। सोमबार राति ब्राजिलस्थित ओलम्पिक रंगशालामा भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

३३औं मिनेटमा कप्तान लियोनल मेसीले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफा १–०मै सकियो।

Hardik ivf

दोस्रो हाफको सुरुआतमै अर्जेन्टिनाले पेनाल्टी पायो । ५८औं मिनेटमा प्राप्त पेनाल्टी चिलीका अर्टुरो भिडालले प्रहार गरे, उनको प्रहार अर्जेन्टिनाका गोलकिपर रोके । तर, रिबाउन्डमा इडुआर्ड भार्गासले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि गोेल नहुँदा अर्जेन्टिना अंक बाँड्न बाध्य भयो।

अर्जेन्टिना लगतार तस्रो खेलमा बराबरीमा रोकिएको हो। कोपा अमेरिकाअघि  भएको विश्वकप छनोटका दुई खेलमा पनि उ बराबरीमा रोकिएको थियो । उ चिलीसँग १–१ र कोलम्बियासँग २–२ गोलको बराबरीमा रोकिएको थियो।

यस्तै, मंगलबार बिहान भएको खेलमा पाराग्वे विजयी भएको छ। पाराग्वेले १० खेलाडी समेटिएको बोलिभियालाई ३–१ले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। पराजित गरेको हो ।

१०औं मिनेटमै एर्विन साभेद्रको गोल गर्दै बोलिभियाले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी टाइममा जाउमे कुएलर दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि बोलिभिया खेलाडीमा समेटियो ।

बोलिभिया १० खेलाडी सीमित बनेपछि पराग्वे खेलमा फर्कियो । ६२औं मिनेटमा अलेजान्ड्रो रोमेरो र एन्जल रोमेरोले ६५औं र ८०औं मिनेटमा गोल गरेपछि पाराग्वेले जित हात पारेको हो।

प्रकाशित मिति: १०:३७ बजे, मंगलबार, असार १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्