Kathmandu Press

सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज, सांसद कृष्ण थापा पदमुक्त

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ । त्यससँगै उनी पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज, सांसद कृष्ण थापा पदमुक्त

काठमाडौं, जेठ ३१ : सर्वोच्च अदालतले गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ । त्यससँगै उनी पदमुक्त भएका छन् ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश खारेज हुने निर्णय दिएको ।

Hardik ivf

सर्वोच्चको २३ जेठको अन्तरिम आदेशविरुद्ध जनमोर्चा र प्रदेशसभाका सभामुखले पुनरावलोकन निवेदन दर्ता गराएका थिए ।

अन्तरिम आदेशपछि पुनः सांसद थापालाई पार्टीले कारवाही गरेको, त्यसपछि गण्डकी प्रदेशमा नयाँ सरकार पनि गठन भइसकेको नयाँ परिस्थिति विकास भएको सन्दर्भमा अन्तरिम आदेश कायम राख्नुपर्ने परिस्थिति नदेखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।


 

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, जेठ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्