Kathmandu Press

सभामुखसँगको छलफलको निचोड : लोकतन्त्रको रक्षार्थ सबै लागौं

काठमाडौं, जेठ २८ : आज (शुक्रबार) संघीय संसद्‍ भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एक छलफलको आयोजना गरेका थिए।उक्त छलफलमा सहभागी पूर्वप्रधानमन्त्री...
सभामुखसँगको छलफलको निचोड : लोकतन्त्रको रक्षार्थ सबै लागौं

काठमाडौं, जेठ २८ : आज (शुक्रबार) संघीय संसद्‍ भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एक छलफलको आयोजना गरेका थिए।

उक्त छलफलमा सहभागी पूर्वप्रधानमन्त्री र दलका शीर्ष नेताहरूले लोकतन्त्रको रक्षा गर्नुपर्ने र त्यसका लागि सभापतिको भूमिका महत्वपूर्ण हुने बताएका छन्। 

छलफलपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लाग्न सुझाव दिएको बताए। सभामुखबाट ‘संविधानभित्रै रहेर लोकतन्त्रको रक्षार्थ काम गर्ने वचनबद्धता व्यक्त भएको पनि उनले सुनाए।

Hardik ivf

महामारीको रोकथाम तथा नियन्त्रणसँगै राजनीतिक संकट समाधानका लागि सबैको साझा धारणा हुनुपर्नेमा जोड दिइएको उनले बताए। भर्खरै विनियोजित बजेटमा व्यापार घाटा कम गर्न गिटी, बालुवा निकासीको तयारी गरिेएप्रति नेताहरुले आपत्ति जनाएको र सो निर्णयविरुद्ध सबै एकजुट हुनुपर्ने निचोड छलफलले निकालेको उनले बताए। 

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सभामुखसँगको विभिन्न विषयमा छलफल भए पनि लोकतन्त्र बनाउने निष्कर्ष निकालिएको बताए।।

छलफलमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दीपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाललगायत नेता सहभागी भए।

छलफलमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भर्चुअल माध्यमबाट सहभागी भए भने प्रधानमन्त्री केपी ओली कुनै माध्यमबाट सहभागी भएनन्।  

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले पहिलोपटक सर्वदलीय बैठक गरेका हुन्।

संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र ओलीले प्रधानमन्त्रीका लागि पेस गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेकी थिइन्।

उक्त कदमको सर्वत्र विरोध भएको छ । सोही घटनालाई सभामुख सापकोटाले असंवैधानिक भन्दै आएका छन्।

प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, जेठ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्