Kathmandu Press

कर्णालीका एमाले सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश (पूर्णपाठसहित)

सर्वोच्च अदालतले कर्णालीका चार एमाले सांसदलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको छ ।
कर्णालीका एमाले सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश (पूर्णपाठसहित)
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २७ : सर्वोच्च अदालतले कर्णालीका चार एमाले सांसदलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको छ ।

एमाले सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टी र सांसदबाट निष्काशन गर्ने एमालेको निर्णयमाथि प्रश्न उठाउँदै सर्वोच्चले काममा फर्काउन आदेश दिएको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उनीहरूलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

‘एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको ०७८–०१–१० मा बसेको दोस्रो बैठकको निर्णय भनी एमालेको लेटरप्याडमा उल्लेख गरेको कर्णाली प्रदेशसभा सदस्य र कर्णाली प्रदेश संसदीय दलको सदस्य पदसमेतबाट निष्कासन गरेको निर्णय तथा सो आधारमा निर्वाचन आयोगलाई गरेको पत्राचार कार्यान्वयन नगर्नू, नगराउनू,’ आदेशमा भनिएको छ, ‘निवेदकहरूलाई कर्णाली प्रदेशसभा सदस्य तथा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा यथावत काम गर्न दिनू ।’

आदेशको पूर्णपाठ


प्रकाशित मिति: २०:०० बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्