Kathmandu Press

गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । उनी स्वतः पदमुक्त भएका छन् ।
गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

काठमाडौं, जेठ २७ : गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । उनी स्वतः पदमुक्त भएका छन् ।

विश्वासको मतको पक्षमा २७ र विपक्षमा ३० मत खसेको छ । उपस्थित ५८ सांसदमध्ये एकजना मतदानमा सहभागी भएनन् ।

मुख्यमन्त्री गुरुङलाई एमालेका २७ सांसदले मात्र विश्वासको मत दिए । कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदले विपक्षमा मतदान गरे ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मतदानमा अनुपस्थित रहे भने जनमोर्चा सांसद कृष्ण थापा तटस्थ बसे ।
 

प्रकाशित मिति: १८:०३ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्