थपिए ३७४९ कोरोना संक्रमित, ५९ जनाको मृत्यु
देशभर कुल १५ हजार २३८ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, जेठ २७ : पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ।
देशभर कुल १५ हजार २३८ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ हजार २९३ रहेको छ।
त्यसैगरी काठमाडौं उपत्यकामा मात्रै ७६४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५४०, भक्तपुरमा ९९ र ललितपुरमा १२५ जना रहेका छन्
प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(2)-1753530264.png)