Kathmandu Press

भ्याक्सिनका दुवै डोज लगाएकालाई वेम्बलीमा युरोकप हेर्न अनुमति

काठमाडौं, जेठ २६ : युरोपियन फुटबल फेडेरेसन (युइएफए)ले इंग्ल्यान्डको वेम्बलीमा हुने युरोकप फुटबल हेर्न दर्शकलाई अनुमति दिएका छन्। युईएफएले शर्तसहित वेम्बलीमा युरोकप हेर्न स्वदेशी...
भ्याक्सिनका दुवै डोज लगाएकालाई वेम्बलीमा युरोकप हेर्न अनुमति

काठमाडौं, जेठ २६ : युरोपियन फुटबल फेडेरेसन (युइएफए)ले इंग्ल्यान्डको वेम्बलीमा हुने युरोकप फुटबल हेर्न दर्शकलाई अनुमति दिएका छन्। युईएफएले शर्तसहित वेम्बलीमा युरोकप हेर्न स्वदेशी दर्शकलाई अनुमति दिएको हो।

वेम्बलीमा युरोकप हेर्न कोरोना भाइरसविरुद्धको भ्याक्सिनको दुवै डोल १४ दिनअघि लगएको प्रमाण पेश गर्नुपर्ने छ। यस्तै ४८ घण्टाअघि कोरोना परीक्षण गरी नेगेटिभ आएको प्रमाण पनि पेश गर्नुपर्ने छ।

युईएफले वेम्बलीमा युरोकप हेर्न ११ वर्षभन्दा माथिका दर्शकलाई मात्र अनुमति दिएको छ। वेम्बलीमा हुने युरोकपका खेल हेर्न २२ हजार हजार ५ सय दर्शक रंगशालामै उपस्थित हुन सक्ने छन्।

युरोपका विभिन्न ११ शहरमा आयोजना हुने युरोकपमा समूह चरणका केही तथा सेमिफाइलन र फाइनल वेम्बलीमा आयोजना हुँदै छ। वेम्बलीमा समूह डीका तीन खेल खेल हुने छ। 

यो समूहमा इंग्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक र स्कटल्यान्ड छन्।
 

प्रकाशित मिति: १३:५९ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्