Kathmandu Press

बागमतीका सबै अस्पलतामा अक्सिजन प्लान्ट जडान गर्न मुख्यमन्त्रीको निर्देशन

मकवानपुर, जेठ ३ : मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशका सबै अस्पतालमा अक्जिसन प्लान्ट जडान गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री पौडेलले प्रमुख जिल्ला अधिकारी...
बागमतीका सबै अस्पलतामा अक्सिजन प्लान्ट जडान गर्न मुख्यमन्त्रीको निर्देशन
Hardik ivfHardik ivf

मकवानपुर, जेठ ३ : मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशका सबै अस्पतालमा अक्जिसन प्लान्ट जडान गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री पौडेलले प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधिहिरुसँग भर्चुअल बैठक गर्दै कोरोना संक्रमितको उपचारमा सहजीकरण गर्न सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका हुन्।

मख्युमन्त्री पौडेलले अक्सिजन प्लान्ट जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकिएको बताए । उनले समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भीडभाड नगर्न र त्यसका लागि स्थानीय निकायलाई जनशक्ति परिचालन गर्न आग्रह समेत गरे ।

संवादका क्रममा प्रदेशका समाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल र प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले प्रदेश सरकारले १३ वटै जिल्लाको अस्पताललाई अहिले अक्सिजन सिलिन्डर उपलब्ध गराइँदै आएको र ती अस्पतालमा आवश्यकीय चिकित्सक स्वास्थ्यकर्मी र औषधि उपलब्ध गराइसकिएको बताए।

 

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्