Kathmandu Press

कैलालीको लम्कीलुहामा मिनी अक्सिजन प्लान्ट जडान गरिने

कैलाली, जेठ ३ : कोरोना संक्रमणका कारण अक्सिजनको अभावमा ज्यान गुमाउनेको बढेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको छ ।...
कैलालीको लम्कीलुहामा मिनी अक्सिजन प्लान्ट जडान गरिने
Hardik ivfHardik ivf

कैलाली, जेठ ३ : कोरोना संक्रमणका कारण अक्सिजनको अभावमा ज्यान गुमाउनेको बढेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । नगरपालिकाले लम्कीचुहा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।

अक्सिजन नपाएर नगरवासीको अकालमा ज्यान नजाओस् भन्ने हेतुले नगरपालिकाको पहल र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा अक्सिजन प्लान्ट निर्माण गरिन लागिएको नगरप्रमुख महादेव बजगाईंले बताए । अक्सिजन प्लान्ट जडानका लागि सामाजिक विकास मन्त्रालयलले १५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ।

अक्सिनज प्लान्ट निर्माणका लागि ३० देखि ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान नगरपालिकाको छ । मिनि अक्सिजन प्लान्ट निर्माणको काम सुरु भइसकेको  र अक्सिजन मेशिन खरीदका लागि बोलपत्रलगायतको प्रक्रिया गरिएको नगरप्रमुख बजगाईंले बताए ।

 

 

प्रकाशित मिति: १३:४२ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्