Kathmandu Press

सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये आधा बढीमा संक्रमण

धनगढी, जेठ ३ : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढीमा संक्रमण पुसष्ट भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार...
सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये आधा बढीमा संक्रमण
Hardik ivfHardik ivf

धनगढी, जेठ ३ : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढीमा संक्रमण पुसष्ट भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार अघिल्लो साता प्रदेशमा १० हजार १ सय ८० जनाको कोरोना परीक्षण गरिएकोमा ५ हजार २ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, एकसता अघिको तथ्यांक पनि उस्तै छ । ५ हजार ३ सय ४६ जनामा परीक्षण गरिएकोमा २ हजार २ सय ९० जनामा संक्रमण पुष्टि भएको थियो।

तर, अहिलेसम्म गरिएको नमूना परीक्षण गरिएका मध्ये १६ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ । प्रदेशमा हालसम्म पिसिआरबाट एक लाख ६२ हजार २ सय ७८ को नमूना परीक्षण भएकामा २५ हजार ४ सय ५४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

सुदूरपश्चिममा मृत्यु दर पनि गत साता अहिलेसम्मकै उच्च पुगेको छ । आइतबार मात्रै कैलाली, कञ्चनपुर, डडेलधुरा, बझाङ, बैतडी, अछाम र दार्चुलाका गरी १६ जनाको मृत्यु भएको थियो । एक सातामा सुदूरपश्चिममा १ सय २९ जनाको मृत्यु भएको छ । अघिल्लो साता ९९ जनाको मृत्यु भएको थियो ।

हालसम्म एन्टिजेन परीक्षणबाट पोजिटिभ देखिएका १ सय ६९ र पिसिआरबाट पोजिटिभ देखिएका १ सय ८५ समेत गरी सुदूरपश्चिममा ३५४ संक्रमितको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार हालसम्म सङ्क्रमित हुनेमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका आठ हजार ३८७ व्यक्ति छन् । नौ वर्षसम्मको उमेर समूहका एक हजार २२ बालबालिका सङ्क्रमित भएका छन् । त्यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका छ हजार ६०४, ४० देखि ४९ वर्ष उमेर समूहका तीन हजार ६५३, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार १२४ र ६० देखि ६९ वर्ष उमेर समूहका ८६६ जना सङ्क्रमित भएका छन् ।

 

प्रकाशित मिति: १०:५४ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्