Kathmandu Press

जेठ २० भित्र परीक्षा लिइसक्न काठमाडौं महानगरका विद्यालयलाई निर्देशन

काठमाडौं, जेठ २ : काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयहरूलाई जेठ २० गतेसम्म परीक्षा लिइसक्न निर्देशन दिएको छ।महानगरपालिकाको शिक्षा विभागले आइतबार सूचना जारी गर्दै...
जेठ २० भित्र परीक्षा लिइसक्न काठमाडौं महानगरका विद्यालयलाई निर्देशन

काठमाडौं, जेठ २ : काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयहरूलाई जेठ २० गतेसम्म परीक्षा लिइसक्न निर्देशन दिएको छ।

महानगरपालिकाको शिक्षा विभागले आइतबार सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर तोकिएको समयभित्र लिइसक्न निर्देशन दिएको हो।

Hardik ivf

‘अनलाइन/अफलाइन/टेलिफोन/इमेलबाट प्रश्न पठाएर लगायत विद्यालय अनुकूल हुने गरी परीक्षा यही जेठ २० गतेसम्म सकिसक्नुपर्नेछ,’ सूचनामा उल्लेख छ ।

विभागले जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गर्न पनि निर्देशन दिएको छ । असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने व्यवस्था गर्न÷गराउन पनि जानकारी गराइएको छ।

यस्तै, कक्षा ८ को नगरस्तरीय परीक्षाका सम्बन्धमा भने चाँडै अर्को सूचना जारी गर्ने पनि बताइएको छ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति: १६:४९ बजे, आइतबार, जेठ २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्