Kathmandu Press

थपिए ७३६८ कोरोना संक्रमित, १४५ को मृत्यु

पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जना संक्रमित थपिएका हुन् ।
थपिए ७३६८ कोरोना संक्रमित, १४५ को मृत्यु

काठमाडौं, जेठ २ : पछिल्लो २४ घण्टामा नेपालमा ७३६८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाकारी दिएको छ । 

यस्तै आज कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ । 

काठमाडौं उपत्यकामा २ हजार ६०९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 
 

प्रकाशित मिति: १६:३४ बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्