Kathmandu Press

नेपाल सुपर लिग : ललितपुरलाई हराउँदै काठमाडौं फाइनलमा

काठमाडौं, वैशाख ३० : काठमाडौं रेजर्स पहिलो संस्करणको नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार साँझ दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा ललितपुर...
नेपाल सुपर लिग : ललितपुरलाई हराउँदै काठमाडौं फाइनलमा

काठमाडौं, वैशाख ३० : काठमाडौं रेजर्स पहिलो संस्करणको नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार साँझ दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीमाथि ३–० को जित निकाल्दै काठमाडौं फाइनलमा पुगेको हो।

शनिबार हुने फाइनलमा उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग खेल्ने छ । फाइनल आगामी शनिबार हुनेछ।

काठमाडौंलाई सहज जित दिलाउने क्रममा मेसोउके ओलोमोउले २ गोल गरे भने स्टेफन बिनोङले १ गोल गरे । काठमाडौंले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

१५ औं मिनेटमा मेसोउकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई खेलमा सुरुआती अग्रता दिलाए। स्टेफेन बिनोङलाई ललितपुरका कमल श्रेष्ठले डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा मेसोउकेले गोल गरेका थिए । 

पहिलो गोल गरेको ७ मिनेटपछि नै तेज तामाङको मेसोउकले नै काठमाडौंको अग्रता दोब्बर बनाए । यो सँगै उनी प्रतियोगिताको गोल्डेन बुटको एकल दाबेदार गरेका छन् । उनले प्रतियोगितामा १ ह्याट्रिकसहित ७ गोल गरेका छन् ।

पहिलो हाफमा २–० ले अग्रता लिएको काठमाडौंले दोस्रो हाफमा १ गोल थपेको थियो। ६० औं मिनेटमा काठमाडौंको लागि बिनोङले गोल गरेको थिए । उनले पनि तेजकै पासमा गोल गरेका थिए । 

खेलको सुरुवातमै ललितपुरले पाएको उत्कृष्ट दुई अवसरमा गोल गर्न नसक्दा त्यसको मूल्य चुकाउनु पर्‍यो । काठमाडौंका किपर विकेश कुथु विट भइसकेको अवस्थामा खेलको आठौं मिनेटमा भिलिम पोसिन्कोभिचले पोष्टनजिकैबाट खाली पोस्टमा प्रहार गरेको बल बाहिरिएको थियो ।  

२८औं मिनेटमा ललितपुरका सुनौलो अवसर खेल फाल्यो । कप्तान अन्जन बिष्टको पासमा गोलकिपर विकेश अघि बढेको अवस्थामा गौरव बुढाथोकीले खाली पोस्टमा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलमा काठमाडौंका मेसोउके ओलोमोउ प्लेयर अफ दि म्याच चुनिए भए भने इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंकै आशिष गुरुङ चुनिए ।

प्रकाशित मिति: २०:१४ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्