Kathmandu Press

सुनसरीमा लकडाउन, झापामा निषेधाज्ञा

सुनसरीमा लकडाउन, झापामा निषेधाज्ञा

काठमाडौं, वैशाख २१ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सुनसरीमा लकडाउन गरिएको छ भने झापामा निषेधाज्ञा जारी गरिएको छ। 

मंगलबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो। वैशाख ३१ गतेसम्म लकडाउन गर्ने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। 

Hardik ivf

पछिल्लो समय सुनसरीमा संक्रमण फैलिदै गएको छ। जसले गर्दा लकडाउन गर्नु परेको उनको भनाइ छ। 

लकडाउनको समयमा अत्यावश्यकबाहेक हिँडडुल गर्न नपाइने, कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाइने, कलकारखाना, उद्योग धन्दा, होटल पसल सबै बन्द गर्ने निर्णय गरिएको छ। खाद्यान्न, तरकारी र निर्माण सामग्रीका पसल भने बिहान १० बजेसम्म खोल्न पाइने निर्णय गरिएको छ। 

त्यस्तै, कोरोना संक्रमण बढेपछि झापामा निषेधाज्ञा जारी गरिएको छ। वैशाख मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए। 

प्रकाशित मिति: २०:५८ बजे, मंगलबार, वैशाख २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्