Kathmandu Press

प्रहरी अस्पतालमा अक्सिजन जेनेरेसन सिस्टम सञ्चालन

काठमाडौं, वैशाख २१ : महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ‘डुप्लेक्स पीएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा आएको छ। यसले दैनिक ४६ लिटरका एक सय ४० वटा...
प्रहरी अस्पतालमा अक्सिजन जेनेरेसन सिस्टम सञ्चालन

काठमाडौं, वैशाख २१ : महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ‘डुप्लेक्स पीएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा आएको छ। 

यसले दैनिक ४६ लिटरका एक सय ४० वटा सिलिन्डर उत्पादन गर्ने जनाएको छ। कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिडर फिलिङ स्टेशन लगायतका उपकरण राखिएको छ। 

Hardik ivf

यो यूएनओपीएसको सहयोगमा सञ्चालनमा ल्याइएको हो। यसमा तीन करोड लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

मंगलबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यसको निरीक्षण गरेका छन्। यस क्रममा उनले विभिन्न विभागहरू, कोभिड–१९ बाट संक्रमितको उपचार सेवा, नयाँ थप भएका वेड, पिसिआर परीक्षणस्थल लगायतका विषयमा पनि जानकारी लिएका छन्। 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अक्सिजन सिस्टम निर्माणमा सहयोग पुर्‍याउने यूनएओपीएसलाई धन्यवाद दिएका छन्। यसले अस्पतालको उपचार पद्धतिमा तुलनात्मक रुपमा अझ राम्रो हुने उनको विश्वास छ। 

अस्पतालकी मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले अस्पतालबाट भए गरेका काम कारबाही र उपचारको अवस्थाबारे जानकारी गराएकी थिइन्। 

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, वैशाख २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्