Kathmandu Press

कृष्णप्रसाद धमलाले फुटाए विप्लवको पार्टी

काठमाडाैं, वैशाख १८ : नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी काठमाडौं मूल धारको राजनीतिमा आएको तीन महिना पनि नबित्दै फुटेको छ।विप्लवले...
कृष्णप्रसाद धमलाले फुटाए विप्लवको पार्टी

काठमाडाैं, वैशाख १८ : नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी काठमाडौं मूल धारको राजनीतिमा आएको तीन महिना पनि नबित्दै फुटेको छ।

विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएको आरोप लगाउँदै पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमलाले नेकपा छाड्दै नयाँ पार्टी घोषणा गरेका छन्। उनले ‘जन समाजवादी मञ्च, नेपाल’ नामको पार्टी घोषणा गरेका छन्।

Hardik ivf

धमलाल नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको र नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्ने देखेका नयाँ पार्टी स्थापना गरेको बताएका छन्।

‘सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका विरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न आवश्यक र जरुरी भइसकेकाले नेकपाबाट छुट्टिएर नयाँ पार्टी खोलेका हौं,’ धमलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

५१ सदस्यीय नयाँ पार्टीमा नेकपाका १० पूर्वकेन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरू रहेको बताइएको छ।

प्रकाशित मिति: १२:५९ बजे, शनिबार, वैशाख १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्