Kathmandu Press

चीनको बीआरआईमा १७१ मुलुक र संस्था आबद्ध

सन् २०२१ जनवरी अन्त्यसम्ममा कुल एक सय ७१ मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरूले बीआरआई परियोजनामा संयुक्त लगानीका लागि चीनसँग दुई सय पाँचवटा सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्।
चीनको बीआरआईमा १७१ मुलुक र संस्था आबद्ध

प्रगतिको आठौँ वर्षमा प्रवेश गरेको चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ले अनिश्चिततामाझ विश्वव्यापी सहकार्यको गति बढाएको छ र स्थिरतामा जोड दिइरहेको छ।

बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बीआरआईलाई एकल पार्टीको स्वामित्त्वमा रहेको निजी मार्गको सट्टा ‘सबैका लागि खुला सार्वजनिक मार्ग’सँग तुलना गरेका थिए। राष्ट्रपति सीले प्रयोग गरेको भाषाले चीन बीआरआईको पहलकर्ताको रूपमा बाँकी विश्वसँग अवसर बाँड्न प्रयासरत रहेको संकेत गर्छ।

कोभिड-१९ महामारीको कठिन चुनौतिमाझ बढ्दो एकपक्षीयता र संरक्षणवादको सामना गर्न सबै मुलुकबीच निकटस्थ सम्बन्ध कायम गर्न आवश्यक छ। विकास रोक्ने यो कारकविरुद्ध बीआरआई विशेषगरी कनेक्टिभिटी मजबुत पार्न, मतभेद हटाउन र विश्वव्यापी सहयोग अगाडि बढाउन महत्त्वपूर्ण छ।

शब्दभन्दा तथ्यले चर्को आवाज दिन्छन्। कोभिड–१९ का कारण विश्वव्यापी आर्थिक गिरावटको सामना गर्दै बीआरआईमा आबद्ध मुलुकमा चीनको गैरवित्तीय प्रत्यक्ष लगानी सन् २०२० मा १८.३ प्रतिशतले बढेर १७.८ बिलियन अमेरिकी डलर पुगेको छ।

पुरानो तर समृद्ध मार्गको साथसाथै व्यापार पनि फस्टाउँदो छ। यस मार्गले कोभिड–१९ बीच अत्यावश्यक खाँचोमा परेका मुलुकलाई महत्त्वपूर्ण चिकित्सा सामग्री ढुवानी गर्न सहयोग पुर्या‍एको छ।

सन् २०२१ को पहिलो त्रैमासिकमा चीन–युरोप मार्गमा तीन हजार तीन सय ९८ पटक मालबाहक रेल सञ्चालन भए। यो सेवा बर्सेनि ७५ प्रतिशतले बढ्दो क्रममा छ। मार्च अन्तिमसम्म चीनबाट करिब ८९ हजार टन स्वास्थ्य सामग्री निर्यात भएको छ, जुन कोभिड–१९ महामारीविरुद्ध लड्न अत्यावश्यक थियो।

चीनले सबै इच्छुक मुलुकसँग मिलेर बीआरआईलाई गरीबी उन्मूलन र विकासको मार्गमा लगाउन काम गरिरहेको छ। विश्व बैंकको एक रिपोर्टअनुसार सन् २०३० सम्ममा बीआरआई परियोजनाले ७६ लाख मानिसलाई चरम गरिबीबाट उकास्ने र तीन करोड २० लाख जनसंख्यालाई मध्यम गरीबीबाट मुक्त गर्न सक्ने आकलन छ।

सन् २०२१ जनवरी अन्त्यसम्ममा कुल एक सय ७१ मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरूले बीआरआई परियोजनामा संयुक्त लगानीका लागि चीनसँग दुई सय पाँचवटा सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्।

यो परियोजनामा आपसी लाभलाई मुख्य लक्ष्य बनाइएको छ। त्यसैले हो, धेरै मुलुकले यसमा सहभागिता जनाएको पनि। भविष्यमा अझै साझेदार मुलुक थपिने सम्भावना छ। भौगोलिक वा वैचारिक सीमाको बावजुद राष्ट्रहरूले कोभिड–१९, आर्थिक मन्दी, गरीबी, जलवायु परिवर्तन र अन्य साझा चुनौतीविरुद्ध लड्न मिलेर काम गर्न सक्छन्।

बीआरआई सन् २०१३ मा चीन सरकारले लगभग ७० मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरूलाई साझा लगानीमा आबद्ध गराउन अपनाएको विश्वव्यापी पूर्वाधार विकास रणनीति हो। यसलाई सुरुमा ‘वान बेल्ट वान रोड’ (ओबीओआर) नाम दिइएको थियो।

(द ग्लोबल टाइम्सबाट)
 

प्रकाशित मिति: ०६:२४ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्