Kathmandu Press

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आज राती १२ बजेदेखि लकडाउन

काठमाडौं, वैशाख ८ :  बाँकेको  नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा  लकडाउन हुने भएको छ। कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका...
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आज राती १२ बजेदेखि लकडाउन

काठमाडौं, वैशाख ८ :  बाँकेको  नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा  लकडाउन हुने भएको छ। कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आज राती १२ बजेदेखि लकडाउन गर्ने भएको हो। 

उपमहानगरपालिका क्षेत्रभर आज राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Hardik ivf

अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा ७ सय ३५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। सरकारले पाँच सय भन्दा बढी संक्रमित देखिएमा लकडाउन गर्न स्थानीय तहलाई अधिकार दिएको छ।

प्रकाशित मिति: १३:३२ बजे, बुधबार, वैशाख ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्