Kathmandu Press

स्वदेश फर्किए प्रधानमन्त्री ओली 

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबिच भेटवार्ता भएको थियो। साथै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबिच पनि दुई पक्षीय भेटवार्ता भएको थियो। 
स्वदेश फर्किए प्रधानमन्त्री ओली 

काठमाडौं, असार २० : प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने स्पेन भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन्। 

प्रधानमन्त्री ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका थिए। प्रधानमन्त्री स्वदेश फर्कँदा त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी पदाधिकारीहरूले स्वागत गरे। 

Hardik ivf

प्रधानमन्त्री ओली असार १४ गते स्पेन प्रस्थान गरेका थिए। स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबिच भेटवार्ता भएको थियो। साथै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबिच पनि दुई पक्षीय भेटवार्ता भएको थियो। 

यसबाहेक स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा.मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो। 

प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुका साथै विभिन्न छलफल सत्रमा सक्रिय सहभागिता जनाएको बताइएको छ। 

प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, असार २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्