Kathmandu Press

आयो ‘चुरीफुरी’ को फर्स्टलुक

काठमाडौं, चैच २९ : ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘चुरीफुरी’को फर्स्टलुक सार्वजनिक भएको छ। निर्देशक आयार्यले सामाजिक सञ्जालमार्फत फिल्मको फर्स्टलुकसँगै प्रदर्शन मिति पनि...
आयो ‘चुरीफुरी’ को फर्स्टलुक
Hardik ivfHardik ivf

काठमाडौं, चैच २९ : ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘चुरीफुरी’को फर्स्टलुक सार्वजनिक भएको छ। निर्देशक आयार्यले सामाजिक सञ्जालमार्फत फिल्मको फर्स्टलुकसँगै प्रदर्शन मिति पनि सर्वाजनिक गरेका छन्।

फिल्म ०७८ सालको असोज १ गते प्रदर्शन हुनेछ । फर्स्टलुक पोस्टरमा अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङ, रविन्द्र झा, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे)लागायत कलाकार छन् ।

आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्यले रिना ढकालसँग मिलेर निर्माण गरेको फिल्ममा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा सहनिर्माता रहेका छन्। फिल्म राहुल राईले खिचेका हुन् ।

दीपक शर्माको संगीत रहेको फिल्मका गीत समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेललले गाएका छन्।

 

प्रकाशित मिति: ११:१६ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्