Kathmandu Press

गृहद्वारा २६ सहसचिव र उपसचिवको सरुवा, आठ जिल्लामा प्रजिअ हेरफेर

काठमाडौं, चैत २६ : गृह मन्त्रालयले आठ जिल्लाका प्रजिअसहित २६ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। बिहीबार गृहमन्त्रीस्तरीय निर्णय उक्त सरुवा...
गृहद्वारा २६ सहसचिव र उपसचिवको सरुवा, आठ जिल्लामा प्रजिअ हेरफेर

काठमाडौं, चैत २६ : गृह मन्त्रालयले आठ जिल्लाका प्रजिअसहित २६ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। बिहीबार गृहमन्त्रीस्तरीय निर्णयले उक्त सरुवा तथा पदस्थापन गरिएको हो ।

सरुवा तथा पदस्थापन सूचीमा उल्लेख भएअनुसार अध्यागमन विभाग महानिर्देशकको जिम्मेवारी नारायणप्रसाद भट्टराईलाई दिइएको छ। सहसचिवहरूमा शिवराम गेलाललाई बाँकेको प्रजिअ बनाइएको छ। नवलपरासी पश्चिमको प्रजिअमा धर्मेन्द्र मिश्रलाई पठाइएको छ। लमजुङको प्रजिअको जिम्मेवारी सम्हाल्न होमप्रसाद लुइँटेललाई पठाइएको छ। राजेन्द्रदेव पाण्डे बैतडी प्रजिअ भएका छन्। नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रजिअ तोकिएको छ।

Hardik ivf

उपसचिवहरूमा रामबहादुर कुरुङवाङलाई इलाका प्रहरी कार्यालय टीकापुर पठाइएको छ। गोपालकुमार अधिकारीलाई बाजुरा सरुवा गरिएको छ। सुशील वैद्यको जिम्मेवारी त्रिभुवन विमानस्थल अध्यागमनमा तोकिएको छ।

हेर्नुहोस् सूची

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, चैत २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्