काठमाडौंको लाखेननीनजिकै एक घरमा लागेकाे आगाे नियन्त्रणमा
काठमाडौं, चैत २२ : काठमाडौंको लाखेननीस्थित एक घरमा आगलागी भएको छ ।जनसेवा प्रहरी न्युरोडका अनुसार महानगरपालिका वडा नं. २० का उज्वल रञ्जितको घरमा आइतबार...
काठमाडौं, चैत २२ : काठमाडौंको लाखेननीस्थित एक घरमा आगलागी भएको छ ।
जनसेवा प्रहरी न्युरोडका अनुसार महानगरपालिका वडा नं. २० का उज्वल रञ्जितको घरमा आइतबार बिहान आगलागी भएको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।
विद्युतको तार सर्ट भएर आगलागी भएको बताइएको छ।
प्रकाशित मिति: ११:१७ बजे, आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार