Kathmandu Press

नेपालमा पहिलो पटक रकेट प्रक्षेपण गरिँदै

नेपालमा पहिलो पटक रकेट प्रक्षेपण गरिँदै

काठमाडौं, चैत ५ : नेपालमा पहिलो पटक रकेट प्रक्षेपण गर्न लागिएको छ। परीक्षणका रुपमा रकेट प्रक्षेपण गर्न लागिएको हो।

नियर एयर स्पेसले तयार गरेको रकेट आरम्भ सिन्धुलीको भिमानमा प्रक्षेपण गरिने भएको छ। यसको शनिबार प्रक्षेपण गर्न लागिएको डा. निकोलस भुषालले बताए।

Hardik ivf

सन् २०१९ देखि युवा वैज्ञानिकको टोली देशका लागि केही गर्ने भनेर एकजुट भएको थियो। त्यहि समूह युथ फर नेसनकै पहलमा नियर एयर स्पेसले रकेट निर्माण गरेको हो।

यसमा हिमालयन साइन्स फाउन्डेसन, जीसी रिसर्च एन्ड डेभ्लपमेन्ट र प्रोकुरा इनोभेसनको संलग्नता रहेको छ। यसमा नेपाली सेनाले पनि सहयोग गरेको छ।

शनिबार सिन्धुलीको भिमानमा 'आरम्भ' नाम दिइएकाे रकेट प्रक्षेपण गर्न लागिएको हो। यसको तौल एक किलोग्राम रहेको मेकानिकल इन्जिनियर शिशिर जिसीले बताए।

यो प्रोजेक्ट स्पेस स्पोर्ट अमेरिका कप २०२१ मा छनोट भएको छ। परीक्षण सफल भएमा यो रकेट अमेरिकी आकाशमा उड्नेछ।

भिमानमा परीक्षणका लागि २० जनाको टोली शुक्रबार नेपाली सेनाको मुख्यालयबाट सिन्धुली प्रस्थान गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, चैत ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्