Kathmandu Press

पृथ्वी खनालको ‘शिव ताण्डव स्त्रोतम्’

काठमाडौं, फागुन १९ : शिव ताण्डव स्त्रोतम् गीतको भिडियो सार्वजनिक भएको छ । पृथ्वी खनालको स्वर रहेको संस्कृत भाषाको शिव ताण्डव स्त्रोतम् मन्त्रमा शब्द...
पृथ्वी खनालको ‘शिव ताण्डव स्त्रोतम्’

काठमाडौं, फागुन १९ : शिव ताण्डव स्त्रोतम् गीतको भिडियो सार्वजनिक भएको छ । पृथ्वी खनालको स्वर रहेको संस्कृत भाषाको शिव ताण्डव स्त्रोतम् मन्त्रमा शब्द र संगीत पनि उनकै छ। 

पृथ्वीले ५ वर्षदेखि शिव ताण्डवको साधना गर्दै आएका छन्। उनी धार्मिक आस्थामा विश्वास राख्ने भएकाले यसै विषयलाई गीतमार्फत प्रस्तुत गरेका हुन् । 

‘आराध्यदेव महादेवको स्थल नेपाललाई मानिन्छ । शिव मन्त्रका गीतहरु भारतीय संगीत क्षेत्रमा धेरै बनेका छन्। हामी नेपालीले चाँहि किन नगर्ने त  भन्ने सोंचमा मैले यो प्रयास गरेको हुँ,’ उनी भन्छन् ।

भिडियो पशुपति आर्यघाट नजिक भश्मेश्वरमा खिचिएको हो । गीतको भिडियो पिटर गुरुङले खिचेका हुन् भने सम्पादन विष्णुहरि तिमिल्सिनाले गरेका हुन् । 

आक्रोशित मुद्रामा देखिएका पण्डितको भूमिका पृथ्वाले निभाएका छन् । रामायण कथाका खलनायक पात्र रावणले ९ हजार वर्ष तपस्या गर्दा पनि शिवलाई मनाउन सक्दैनन्। उनै शिवलाई प्रशन्न बनाउन गाइएको यस मन्त्रमा शिव भगवान्को विभिन्न भावलाई देखाउने प्रयास कोरियोग्राफर स्वजन रघुवंशीले गरेका छन्। 

हेर्नुस् भिडियाे 


 

प्रकाशित मिति: १४:५८ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्