Kathmandu Press

साप्ताहिक शेयर बजार : अधिकांश उपसूचकहरुमा गिरावट, प्राविधिक विश्लेषणले के भन्छ ? 

यो साता नेप्से परिसूचकमा  ८२ दशमलब ५५ अंंकको अर्थात अघिल्लो साताभन्दा यो साता ३ दशमलब १३ प्रतिशतको गिरावट रहेको छ।
साप्ताहिक शेयर बजार : अधिकांश उपसूचकहरुमा गिरावट, प्राविधिक विश्लेषणले के भन्छ ? 
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १४ : यो साताका पाँच दिन नै शेयर कारोबार भएको थियो । गत बुधबारको दिन नेपाल स्टक एक्सचेन्जको ट्रेडिङ्ग मेनेजमेन्ट सिस्टम”मा समस्या आएकोले नेपाल इन्फ्रास्ट्रक्चर बैंङ्कको मुल्य शुन्यमा कायम हुन जाँदा नेप्सेमा पनि भारि गिरावट देखिएको थियो। त्यस दिनको कारोबारको पछिल्लो समयमा भने यो समस्या सच्याईएको थियो।

यो साता नेप्से परिसूचकमा  ८२ दशमलब ५५ अंंकको अर्थात अघिल्लो साताभन्दा यो साता ३ दशमलब १३ प्रतिशतको गिरावट रहेको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २६३६ दशमलव ६८ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २५५४ दशमलव १३ को विन्दुमा बन्द भएको छ । 


 
यो साता म्यूचल फण्ड बाहेक अरु सबै उपसुचकहरुमा गिरावट आएको छ। अघिल्लो साताभन्दा यो साता म्यूचल फण्डमा ५ दशमलब ८० प्रतिशतको बृद्धि रहेको छ। सर्वाधिक गिरावट रहनेमा बैंकिङ्ग उपसुचकमा ४ दशमलब ६४ प्रतिशतले घटेको छ। त्यस्तै, दोश्रो र तेश्रो स्थानमा जिवन बिमा र फाईनान्स उपसूचकहरु क्रमशः ४ दशमलब ६२ र ३ दशमलब ७१ प्रतिशतको गिरावट रहेको छ। 

यो साता नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंङ्कको ३ अर्ब ०८ करोडको शेयर कारोबार हुँदा दोस्रोमा नेपाल बैंक लिमिटेड कम्पनीको १ अर्ब ९५ करोडको शेयर कारोबार भएको छ । 


 

साताको प्राविधिक विश्लेषण

खुल्ला बिन्दुः २६६७.२७ । उच्च बिन्दुः २६७६.१६ । न्यून बिन्दुः २६१९.२० । अन्तिम बिन्दुः २५५४.१४ प्रतिरोध २ः २६६७ । प्रतिरोध १ः २६३० । टेवा १ः २५०० । टेवा २ः २४८० 

चित्र नं १ : नेप्से साप्ताहिक मैनबत्ती प्रवृत्ति 

चित्र नं १ मा साप्ताहिक मैनबत्ती बिश्लेषण अनुसार बजार माथिल्लो गतिशील प्रतिरोध क्षेत्रभन्दा माथि स्थिर रहन सकेको छ। यसलाई सकारात्मक संकेत मानिन्छ। बजारले २१००को मनोबैज्ञानिक प्रतिरोध क्षेत्रलाई तोढे पछि बजारमा खरिदकर्ताको चाप निकै  तिब्र गतिमा बढेको देखिन्छ। यो अवस्थामा बजार केहि सच्चिन सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न। 

चित्र नं २ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

 चित्र नं.२ मा, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति देखाईएको छ। यसले बजारको माथिल्लो र तल्लो बिन्दुहरु बढ्दो प्रवृत्तिमा रहेको देखाएको छ। यसले बजार सकारात्मक क्षेत्रमा रहेको र हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। यो क्षेत्रमा खरिदकर्ताको चाप आउन सक्ने सम्भावना हुन्छ। 

चित्र नं ३ : नेप्से एक घण्टाको मैनबत्ती प्रवृत्ति
 
चित्र नं.३ मा, एक घण्टा मैनबत्ती प्रवृत्ति देखाईएको छ। यसको प्रवृत्तिले एक पछि अर्को गर्दै नयाँ उचाईको कृतिमान बनाउँदै गएको देखिन्छ। अन्तिम समयको प्रवृत्तिमा नयाँ उचाई लिन नसकेको कारण खरिदकर्ताहरु केहि कमजोर भएको देखिन्छ। 

समग्रमा हेर्दा, यो साता, नेप्सेमा केहि गिरावट आए पनि बजार हाल २५०० को टेवा क्षेत्रभन्दा माथि रहेको छ। अर्को साता, यदि बजार २४८० भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने देखिन्छ। त्यस्तै, यदि बजार २५६५ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ भने अर्को तत्कालिन प्रतिरोध २६०० को क्षेत्रमा रहेको देखिन्छ। 

प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्