Kathmandu Press

पार्टीको लाइन एउटै हो– संसद् पुनर्स्थापना : नेता पौडेल 

काठमाडौं, फागुन ११ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन विवादका विषयमा पार्टीको एउटामात्र लाइन भएको भएको बताएका छन् । नेता पौडेलले...
पार्टीको लाइन एउटै हो– संसद् पुनर्स्थापना : नेता पौडेल 
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । फाइल तस्बिर
Hardik ivfHardik ivf

काठमाडौं, फागुन ११ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन विवादका विषयमा पार्टीको एउटामात्र लाइन भएको भएको बताएका छन् । नेता पौडेलले सिरहामा आयोजित सभालाई सम्बोधन गर्दै अहिलेको विवादमा कांग्रेसको एउटै लाइन संसद पुनर्स्थापना भएको बताएका हुन् ।

नेता पौडेलले संसद् विघटनका विषयमा आफू र सभापति शेरबहादुर देउवाको कुरा पनि एउटै भएको स्पष्ट पारेका छन् । ‘ प्रधानमन्त्री केपी ओलीको कदमलाई कांग्रेसले असंवैधानिक र लोकतान्त्रिक भनेकोछ । त्यसलाई संवैधानिक र लोकतान्त्रिक बनाउने भनेको संसद् पुनर्स्थापनाले नै हो,’ उनले भने, ‘यसबारे हामी दुई ९म र सभापति देउवा०को विचार एउटै छ । भनाइमा फरक परे होलान्, तर, पार्टीको लाइन एउटै हो ।’

पौडेलले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकाले संवैधानिक र लोकतान्त्रिक बनाउन पुनर्स्थापनाका पक्षमा कांग्रेस उभिएको बताए । साथै उनले कार्यकार्यतालार्य गुट र नेतापछि नलाग्न पनि आग्रह गरे । व्यक्तिलाई समातेर गुटमा नलाग्न र कांग्रेसमा लाग्न भन्दै  पौडेलले देउवा–पौडेल नभन्न, कांग्रेसमात्र भन्न आग्रह पनि गरे ।

सांसद र मन्त्री बन्न कांग्रेसले २००७ सालदेखि लडाइँ नगरेको बताउँदै संविधान तथा सिद्धान्तको रक्षाको लागि कांग्रेसले विगतदेखि लडेको अब पनि लड्ने बताए । नेता पौडेलले अहिलेको अवस्थामा चुनाव हुन्छ भनेर विश्वास गरेर अगाडि बढ्नु धोका हुने बताए।
 

प्रकाशित मिति: १५:०५ बजे, मंगलबार, फागुन ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्