Kathmandu Press

ब्राइटनसँगको खेलमा क्रिस्टल प्यालेस विजयी

ब्राइटनसँगको खेलमा क्रिस्टल प्यालेस विजयी
Hardik ivfHardik ivf

काठमाडौं, फागुन ११ : इङ्ग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले ब्राइटनलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । क्रिस्टल प्यालेसका लागि माटेटाले २८ औं र बेन्टेकेले अतिरिक्त समयमा एक एक गोल गरेका हुन् ।

यस्तै ब्राइटनका लागि भेल्टम्यानले ५५ औं मिनेटमा एक गोल गरेका हुन् । लिगमा क्रिस्टल प्यालेस ३२ अंकसहित १३ औं स्थानमा रहेको छ भने ब्राइटन २६ अंकसहित १६ औं स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ५९ अंक रहेको छ । 

प्रकाशित मिति: ०७:४५ बजे, मंगलबार, फागुन ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्