Kathmandu Press

प्रदेशसभा बैठक स्थगित गर्न सभामुखद्वारा अस्वीकार, बैठक अवरुद्ध गर्ने ओली समूहको तयारी 

आज दुई बजेका लागि प्रदेश सभाको तेस्रो बैठक बोलाइएको छ । बैठकका लागि एकमात्र कार्यसूची मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव छ। आइतबार बिहान मुख्यमन्त्री निवासमा राई र सभामुख भण्डारीबीच छलफल भएको थियो ।
प्रदेशसभा बैठक स्थगित गर्न सभामुखद्वारा अस्वीकार, बैठक अवरुद्ध गर्ने ओली समूहको तयारी 

विराटनगर, फागुन ९ : प्रदेश १ का सभामुखले प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित गर्न अस्वीकार गरेका छन्। मुख्यमन्त्री शेरधन राईले सूचना टाँसेर बैठक स्थगित गर्न गरेको आग्रह सभामुख भण्डारीले अस्वीकार गरेका हुन्।

आज दुई बजेका लागि प्रदेश सभाको तेस्रो बैठक बोलाइएको छ । बैठकका लागि एकमात्र कार्यसूची मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव छ। आइतबार बिहान मुख्यमन्त्री निवासमा राई र सभामुख भण्डारीबीच छलफल भएको थियो ।

Hardik ivf

छलफलमा मुख्यमन्त्री राईले अहिलेको अवस्थामा अविश्वासको प्रस्तावमा छलफल अघि बढाउन नमिल्ने बताएका थिए । सभामुख भण्डारीले अविश्वासको प्रस्ताव टेबुल गर्ने यसअघिकै कार्यसूची रहेकाले आज बैठक स्थगित गर्दा राम्रो सन्देश नजाने बताएका थिए ।

आइतबार अविश्वासको बैठकमा टेबुल गर्ने प्रदेश सभा सचिवालयको तयारी छ । यसअघि २५ माघमा अविश्वास्को पस्ताव टेबुल गर्ने कार्यसूची थियो । तर ओली पक्षको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भयो। आइतबारको बैठक पनि अवरुद्ध गर्ने ओली समूहले तयारी गरेको छ ।

प्रकाशित मिति: १२:५१ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्